गणतन्त्र दिवसमा नेपाललाई गुगलको सम्मान

254
0
Share:

१५ जेठ / इन्टरनेट ‘जाइन्ट’ गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा आफ्नो होमपेजमा नेपालप्रति सम्मान व्यक्त गरेको छ। गुगल सर्चसँगै देखिने गुगलको अस्थायी लोगो गुगल डुडलमा शुक्रबार पशुपतिनाथ र स्वयम्भु देखिन्छन् जहाँ मैनवत्तीको उज्यालो देखिन्छ।

‘आज हामी नेपालीहरुको शक्ति र धैर्यताको सम्मान गर्छौँ’, गुगलले लेखेको छ, ‘आजका दिन सन् २००८ मे २८ का दिन एक दशक लामो विद्रोह र आन्दोलनपश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। सात वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तर्राष्ट्रिय प्रतीक बनेको छ।‘

२०६४ सालमा आजैका दिन संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो। सरकारले भूकम्पको विपत्तिका कारण औपचारिक रुपमा यो वर्ष गणतन्त्र दिवस नमनाउने निर्णय गरे पनि गणतन्त्र नेपालका उपलब्धि के रहे भन्नेबारे नागरिकस्तरमा बहसहरु भैरहेका छन्।

हालैको विनकाशकारी र दुखद भूकम्पपछिको अवस्थामा आफ्नो मनमस्तिष्क नेपालीहरुसँगै रहेको गुगलले उल्लेख गरेको छ। ‘आजको डुडलले नेपालीहरुलाई आफू सारा विश्वका लागि प्रेरणा बनेको याद दिलाओस् भन्ने हामीले आशा गरेका छौँ’, उसले लेखेको छ, ‘उनीहरुको उच्च लगनशीलताले हामी सबैको मार्गमा प्रकाश छर्न सकोस्।‘ गुगलले डुडलमा रहेको प्रकाशको पनि अर्थ दिएको छ। पहिलो, राष्ट्रिय दिवसको उत्सव, दोश्रो, बुद्धको प्राथना र तेश्रो, विश्वका लागि पथप्रदर्शक प्रकाश।

कमेन्ट गर्नुहोस्
Share: