पोखरा विश्व विद्यालयको बाह्रौ दीक्षान्तमा करिब चार हजार विद्यार्थी दीक्षित

294
0
Share:

रञ्जन अधिकारी पोखरा, २० जेठ। पोखरा विश्व विद्यालयको बाहैं दीक्षान्त समारोहमा चार हजार बढि विद्यार्थी दिक्षित भएका छन् । बुधबार पोखराको प्रदशनी केन्द्रमा सम्पन्न कार्यक्रममा चारवटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धन प्राप्त महाविद्यालयहरु मार्पmत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि र एम फिल तहमा पढाई सकी उत्तीर्ण भएका तीन हजार नौ सय ३६ विद्यार्थीहरुलाई दीक्षित गरिएको हो।

विश्वविद्यालयका कुल ४४ वटा कार्यक्रमहरुमा आंगिक तथा सम्वन्धन प्राप्त महाविद्यालयहरु तर्पm करीव २८ हजार भन्दा वढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । समारोहमा विसं .२०७२ सालको ओसिम स्वर्ण पदकवाट कम्प्यूटर एप्लीकेशन स्नातक तहमा सवैभन्दा वढी अंक ल्याउने नमिता बास्तोला र उप–कुलपति पदकवाट विज्ञान तथा प्रविधि संकाय ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्सका भरत लामिछाने र स्नातकोत्तर तहमा सबैभन्दा वढि अंक ल्याउने व्यवस्थापन संकायका उमेश अग्रवाल कुलपति पदकबाट सम्मान गरिएको थियो ।

लेखनाथमा हुदै आएको दीक्षान्त समारोहा यस पटक शान्ति सुरक्षा,भुकम्प र बर्षादको समयलाई मध्यनजर राख्दै पोखराको प्रदर्शनी केन्द्रमा राखिएको हो । कार्यक्रममा प्रधानमन्त्रि तथा पोखरा विश्व विद्यालयका कुलपति शुशिल कोईराला आउने कार्यक्रम रहेपनि विशेष कारणले प्रधानमन्त्रिको अनुपस्थीतिमा आउनु भएको कार्यबाहक सहकुलपति, बन तथा भु संरक्षण मन्त्री महेश आचार्यले विश्व विद्यालयको कोर्षलाई समयानुकुल परिबर्तन गर्नुपर्नेमा जोड दिए । देशको पुन निर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए।

देशमा विभिन्न किसिमका विपत्तिहरु आउन सक्छन् ,त्यस तर्फ ध्यान दिदै अवको जनशक्तिले त्यस्ता विपत्तीलाई सामान र समाधान निकाल्न सक्नुपर्ने उनको सुझाब थियो। मन्त्री आचार्यले महाभूकम्पले ल्याएको विपत्तिपछि सवै राजनैतिक दलहरु पक्ष र विपक्षमा नलागी एक ढिक्का भएर विपत्तिको सामना गर्नु सुखद पक्ष भएको टिप्पणी गरेका थिए । यस विपत्तिमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा युवाशक्तिको भूूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।

विश्वविद्यालयवाट उपाधि प्राप्त गरेको जनशक्तिले आपूmले पाएको सीप र ज्ञान भूकम्पवाट पीडित जनताको सेवामा लगाउनु पर्नेमा जोड दिंदै उनले भोलिको विपत्तिवाट जोगिन सक्ने खालका भवन निर्माण गर्न जनतालाई सचेत वनाउनु पर्ने बताए ।

कार्यक्रममा शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले विश्वविद्यालयवाट दीक्षित भइसकेपछि विद्यार्थीहरु भविष्य निर्माणको लागि नयां मोडमा उभिएको वताउंदै विद्यार्थीहरुको मेहनतले नै आत्मवल र नैतिक शक्तिले भविष्य उज्जवल वनाउन सक्ने विचार व्यक्त गरेका थिए ।

यसअघि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा .डा .विष्णुराज तिवारीले आपूmले आर्जन गरेको ज्ञान र सीप देशको पुननिर्माण र आफनो उज्ज्वल भविष्य निर्माण गर्ने कार्यमा सदुपयोग गर्न सफलता मिलोस भनी शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: