शेयर बजारमा उछाल

Share:

काठमाडौं, जेष्ठ २६ । दलहरुबीच संविधान जारी गर्न भएको सहमतिले शेयर बजारका लगानीकर्ता निकै उत्साहित देखिएका छन् । मंगलबार शेयर बजारमा उछाल आयो ।

मंगलबार नेप्सेमा ‘अप्टिकल फाइबर’मा खराबी भएसँगै एक घन्टा ढिलो कारोकार सुरु भएको थियो । कारोबार सुरु भएदेखि बजार परिसूचक नेप्से ‘सर्किट ब्रेक’ लाग्दै उकालो लाग्यो ।

उतार–चढाबबीच कारोबार थामिँदा नेप्से २१ अंकले उकालो लागेर ९ सय ६६ पुग्यो । कारोबार भएका सबै समूह हरियो रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ६८ अंक र वाणिज्य बैंक समूहमा २५ अंकको सुधार आयो । कारोबार परिणम पनि उच्च रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको ११ लाख ९६ हजार कित्ता शेयर ५३ करोड ११ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: