जी–सेभेन सम्मेलनः रुसमाथि लगाइएको प्रतिबन्ध अझ कडा बनाइने

Share:

काठमाडौं, जेष्ठ २६ । जर्मनीमासम्पन्न ठूला धनी मुलुकहरुको संगठन ‘जी–७’ देशको सम्मेलनले रुसमाथि लगाइएको प्रतिबन्ध जारी राख्दै अझ कडा बनाउने सहमति गरेका छन् ।

पूर्वी युक्रेनमा संघर्षविराम लागू नभएसम्म रुसविरुद्धको आर्थिक प्रतिबन्ध जारी राख्ने निर्णय भएको जर्मन चान्सलर एन्जेला मर्केलले जानकारी दिएकी छन् । दुईदिने सम्मेलनपछि पत्रकारहरुसँग मर्केलले जी–७ का राष्ट्र रुसमाथि लगाइएको प्रतिबन्ध थप कडा बनाउन तयार रहेको बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि रुसले युक्रेन मुद्दामा शान्तिसम्झौता पूर्णरुपमा लागू नगरेसम्म प्रतिबन्ध कायमै रहने उल्लेख गरे ।

यसअघि ‘जी–८’मा सहभागी हुँदै आएको रुसलाई भने गत वर्ष युक्रेनको पूर्वी क्षेत्र क्रिमिया आफ्नो देशमा बिलय गराएपछि अरु देशले समूहबाट हटाएका थिए ।

सम्मेलनमा पूर्वी यूक्रेनमा जारी संघर्ष, जलवायु परिवर्तन र यसको असर, ग्रीसको संकटापन्न अर्थ व्यवस्था तथा इस्लामिक अतिवादी संगठन (आइएस)को दबदबाबारे छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: