चर्चित गायिका रजिना रिमालले पनि गरिन विहे

Share:

चर्चित गायिका रजिना रिमाल विवाह बन्धनमा बाँधिएकी छन्। मङ्गलबार रजिनाले सर्टिङ एवम् सुटिङ्मा चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा बिनोद श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।

सर्वाधिक सिक्वलको किर्तिमान राखेको नेपाली फिल्म ‘नाई नभन्नू ल’को शीर्ष गीत गाएपछि उनी चर्चित बनिन्। उनी नेपाली फिल्ममा पछिल्लो समय रुचाइएकी गायिकामा पर्छिन्।

नेपाली फिल्मको पाश्र्वगायन र आधुनिक गीतमा लोकप्रिय रहेकी रजिनाको नाइ नभन्नु ल, पानीको फोका जस्तै, म मर्ने बेला, पागल म बन्न सक्छु लगायतका दर्जनौ गीतका चर्चित छन्।

रिमालले १३ वर्षको उमेरमा ‘सपूत’ फिल्मका लागि स्वर दिएर नेपाली फिल्ममा पार्श्व गायन यात्रा सुरु गरेकी थिइन। ६०० भन्दा बढी गीतमा स्वर भरेकी रिमाल संगीतकार बद्री रिमालकी छोरी हुन्। रजिनाले केही समयघि इंगेजमेन्ट गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: