अन्नपूर्ण लायन्सद्वारा स्थायी विद्यालय भवन निर्माण सम्झौता

Share:

तारा पौडेल पोखरा,२७ जेठ / लायन्स क्लव अफ पोखरा अन्नपूर्णको सक्रियतामा विभिन्न संघ संस्था,व्यक्तिहरूको सहयोगमा कास्कीको चापाकोट औसेलुचौर स्थित पञ्चकोशी नि.मा.वि.को चारकोठाको स्थायी भवन निर्माण हुने भएको छ ।

गत वैैशाख १२ गतेको बिनाशकारी भुकम्प र त्यसपछिको पराकम्पका कारण उक्त विद्यालय भवन पूर्ण रूपमा क्षति भई पठनपाठनमा अवरुद्घ भएकोमा, भकारीले बारेर अस्थाई कोठा निर्माण गरि पठनपाठन हुदै आएकोमा अन्नपूर्ण लायन्स क्लबले स्थायी चारकोठे भुकम्प प्रतिरोधात्मक आधुनिक भवन निर्माण गरिदिन लागेको हो ।

१० लाख रूपयाँको लागतमा निर्माण हुने उक्त विद्यालय भुकम्पले क्षति पु¥याएका कास्की जिल्लाका विद्यालयमध्ये स्थायी निर्माणमा पहिलो रहेको छ ।
भवन निर्माण सम्झौतामा क्लवका अध्यक्ष लायन यदुनाथ अधिकारी, पूर्वअध्यक्षहरू लायन सोनाम साङ्पो, धु्रर्व श्रेष्ठ र विद्यालयको तर्फबाट ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक,अभिभावक संघका अध्यक्षले वुधवार हस्ताक्षर गरेका छन् ।

भवन निर्माणका लागि श्रोत जुटाउन क्लवको तर्फबाट पूर्वअध्यक्ष लायन सोनाम साङ्पोको विषेश भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: