चीनका पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल सजाय

Share:

चीन,जेठ २८ / चीनका पूर्व सुरक्षाप्रमुख जोउ योङकाङलाई आजीवन जेल सजाय सुनाइएको छ । भ्रष्टाचारको मुद्दामा अदालतले पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल सजाय सुनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जोउले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको साथै देशका गोप्य सूचना चुहावट गरेको आरोप पुष्टि भएको हो । सन् २०१२ मा अवकास पाउनुभन्दा पहिले जोउ चीनका शक्तिशाली व्यक्तिमध्ये एक थिए ।

राष्ट्रपति सि जिनफीङले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत धेरै सरकारी अधिकारीमाथि कारबाही भैसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: