ओबामाले पेश गरेको विधेयक अमेरिकी प्रतिनिधिसभाद्वारा अस्वीकार

Share:

काठमाडौं, जेष्ठ ३० । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति बराक ओबामा प्रशासनले पेश गरेको एक विधेयकलाई अस्वीकार गरिदिएको छ ।

निकै महत्वपूर्ण मानिएको ट्रेड बिललाई सभाले अस्वीकार गरेको हो । विधेयकको आफ्नै पार्टी डेमोक्रेट्सका सांसदहरुले समेत विरोध गरेका थिए ।

विधेयक पारित गर्न राष्ट्रपति ओबामाले गरेको दौडधूप पनि निरर्थक बनेको छ । विधेयक पारित भएको भए ओबामाले विश्वस्तरमा यसमार्फत् निकै ठूलो र महत्वपूर्ण आर्थिक सम्झौता गर्नसक्ने जसलाई कांग्रेसले समेत परिवर्तन गर्न नसक्ने बताइएको थियो ।

डेमोक्रेट नेता न्यान्सी पेलोसीले नै ओबामाको आग्रहलाई अस्वीकार गरेका हुन् । सदनबाट विधेयक अस्वीकृत गरिनुलाई ओबामाको कार्यकाल अन्त्यका रुपमा समेत व्याख्या गर्न थालिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: