
रञ्जन अधिकारी पोखरा, ५ असार / वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बराल, गायक रामभक्त जोजिजू र संगीतकार बसन्त सापकोटा पोखरामा शनिबार सम्मानित भएका छन् । अनुपम म्युजिक पोखराले आयोजना गरेको दोस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा साङ्गीतिक क्षेत्रमा योगदान पु¥याए वापत तीन जना सम्मानित भएका हुन् ।
गीतकार डा. बराललाई अनुपम म्युजिक अवार्ड तथा गायक जोजिजू र संगीतकार सापकोटालाई अनुपम सङ्गीत सम्मानबाट सम्मानित गरिएको हो । डा. बराललाई प्रमुख अतिथि शिक्षाविद् जर्ज जोन, समाजसेवी वीरेन्द्र पालिखे र कार्यव्रmम संयोजक अनुराग अधिकारीले अवार्ड प्रदान गरेका थिए । सङ्गीतकार सापकोटालाई प्रमुख अतिथि सहित उनकै पिता कलाधार सापकोटा र माता पार्वती सापकोटाले सम्मान गरे भने जोजिजुलाई प्रमुख अतिथि र प्रा. डा. कृष्णहरि बरालले सम्मान गरेका थिए ।
प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले पोखराको संगीत, शिक्षा, साहित्य र संस्कृतिको विकासका लागि युवाहरु अग्रपंक्तिमा रहेर अघि बढ्नुपर्नेमा जोड दिँदै पोखराले हरेक विधामा आफुलाई अब्बल सावित गरिसकेको बताए । उनले संगीतको क्षेत्रमा अनुपम म्युजिकले गरेको प्रयासको प्रशंसा गर्दै यसरी नै निरन्तर लागे मात्र समाज अघि बढ्ने बताए ।
सम्मानित व्यक्तित्व बरालले दुई सम्मानित व्यक्तिहरु पोखराकै रहेपनि यो मेसोमा आफू पनि मिसिन पाएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारको नाम भिर्न काठमाण्डौं नै बस्नुपर्छ भन्ने मान्यता पोखराले गलत सावित गरिदिएको बताए । ‘हिमाल आफैं अंकमाल गर्न आउने रहेछ, सेती सुसाएर संगीत सुनाउने रहेछ र यो प्रकृतिकै कारण जन्मैदेखि संगीतमा भिज्न सहयोग गर्ने रहेछ ।’ उनले भने– ‘म पोखरामा किन जन्मेनछु जस्तो लाग्छ । पोखरेलीका लागि मैले आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गर्नेछु ।’ लेखनाथ पोडेलदेखि अलिमियाँ, सरुभक्त हुँदै बसन्त सापकोटा सम्मको उदाहरण दिएका उनले पोखराको दलिनमा उभिएर सिङ्गो राष्ट्र हाँक्न सकिने तर्क गर्दै नेपाली वाङ्मयका लागि पोखराको योगदानको प्रशंसा गरे ।
संगीतकार सापकोटाले आफ्नै थलोमा सम्मानित हुन पाउनुको क्षण निकै रोमाञ्चक हुने बताउँदै आफ्नै बुबाआमाको हातबाट सम्मान थाप्दा आफु निकै भावुक भएको प्रतिक्रिया दिए । दार्जिलिङदेखि आएका गायक कर्म ग्याल्जेनले भारत नजोडेकोमा खुशी प्रकट गर्दै पुस्ताको देश नै नेपाल र भाषा नेपाली भएकाले आफ्नै ठान्न आग्रह गरे । दार्जिलिङ नेपालकै र नेपाली मनकै भएकोे तर इतिहासको घटनाक्रमले आजको नियति भोग्नुपरेको भावको ‘तिमी पुर्वै देशैमा, म पश्चिम भेगैमा ‘’ बोलेका गीत गाउँदा उपस्थित सबै दर्शकहरु भावुक बने ।
नेपाली चलचित्रका सुपरहिट सांगीतिक जोडी प्रल्हाद तिमिल्सिना र मिलन अमात्यले ‘गाला रातै’, ‘बट् स्लोली’, ‘यो मनमा हमेशा’ लगायतका गीत गाउँदा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । सो अवसरमा अग्रज लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेका साथै इतु जोजिजु, नरजङ गुरुङ, तमन्ना गुरुङ, किशोर सुवेदी, रोम तामाङ, जय चापागाईँ, दिनेश विष्ट र स्याङ्जाका ज्ञानगोपाल लगायतको साङ्गीतिक प्रस्तुतीमा दर्शकहरुले निकै साथ दिएका थिए ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक तथा कार्यव्रmम संयोजक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा पोखरा कला केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुतीले पनि दर्शकको मन निकै तानेको थियो भने सुस्मिता थापाको नृत्य कलाल सबै मोहित भए । कार्यव्रmमको सञ्चालन सञ्चारकर्मीद्वय रुपिन्द्र प्रभावी र ऋषि खतिवडाले गरेका थिए । गत वर्षदेखि सुरु भएको कार्यव्रmमलाई आगामी वर्ष पनि निरन्तरता दिइने कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिए । कार्यव्रmमलाई निरन्तरता दिनका लागि यसअघि नै समाजसेवी वीरेन्द्र पालिखेले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको उनले जनाएका छन् ।
