पोखरामा रोकियो बर्षा

Share:

असार ६ गते-
आइतबार बिहानैदेखि भैरहेको बर्षा पोखरामा भने रोकिएको छ । आज बिशेषगरी पश्चिमी जिल्लाहरुमा बिहानदेखि नै बर्षा भैरहेको जल तथा मौसम विभान विभागले जनाएको छ
पश्चिमी क्षेत्रमा सुरु भएको भारी वर्षा आज दिउँसोसम्म नै निरन्तर रहने अनुमान गरिएको छ ।
बर्षा भएपछि धान रोपाईंको तयारीमा जुटिरहेका किसानहरु भने खुशी भएका छन् । धानको बीउ रोप्ने बेलाको भैसकेको र पर्याप्त पानी भएका धेरै ठाउँमा रोपाईं पनि सुरु भैसकेको छ ।
मनसुन सुरु भैसकेकाले धेरै ठाउँमा पनि ठूलो पानी र हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: