अन्तर्राष्ट्रिय दाता सम्मेलन सुरु

Share:

असार १० गते-
भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री सुशिल कोईरालाले उद्घाटन गरेका छन् ।

सम्मेलनमा राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गरिसकेका छन् प्रधानमन्त्री सुशील कोइरालाले पनि बोलिसकेका छन् । अहिले सम्मेलनबारे अर्थ मन्त्री डा. रामशरण महतले जानकारी गराउँदैछन् ।

त्यसपछि सम्मेलनमा भाग लिन आउका मन्त्रीहरुको सम्बोधन सुरु हुनेछ । भूकम्पपछिको पुनःस्थापना तथा पुनःनिर्माणका लागि सरकारले ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: