जे देखियो मालपोत कार्यालय कास्कीमा ……

Share:

माधव पनेरु
पोखरा, १० असार । सरकारी कार्यालय र सरकारी कर्मचारी, आखिर देश र जनताको निस्वार्थ सेवा गर्ने कशम खाएर सेवा प्रवेश गरेका हुन्छन । तर खै आफैले खाएको सपथ लाई लत्याएर सिमित स्वार्थको लागि कति सम्मको हर्कत गर्दा रहेछन भन्ने उदाहरण जिल्ला मालपोत कार्यालय कास्कीमा स्पष्ट रुपमा देख्न पाईन्छ । एउटा सेवाग्राही बिरुद्ध र्निलज्ज ढंगले मालपोत अधिकृत नै देखा परेपछि सरकारी काम र सेवाप्रति जनताले गरेको अविश्वासको पहाडको उचाई अझ बढेको छ ।
आवश्यक फाँटको कामको प्रकृया सकिएर मालपोत अधिकृतको टेवलमा आएपछि जग्गा बिक्री गर्ने र जग्गा किन्ने दुवै जना बिचको लेनदेन पनि सकियो । अव अबैध कमिसन गुम्ने खतरा देखेपछि स्वयं मालपोत अधिकृतले नै सेवाग्राहीको लिखत गायव बनाए । हजार पटक लिखत हराएको जानकारी गराउदा समेत उनी मौन बसे । अन्नत पत्रकारको सामु भने उनले लिखत आफ्नै टेवलको घर्राबाट झिकेर दिए । अनि अचम्म मान्दै हामिले सोध्यौ तर अधिकृतको जवाफ आयो थाहा भएन ।
यसरी गैरजिम्मेवार ढंगले मालपोत अधिकृत प्रस्तुत भए । आखिर यसरी मालपोत अधिकृतले नै किन लिखित लुकाए होलान भन्ने हाम्रो जिज्ञासामा सेवाग्राही भन्छन् पैसा मागेका थिए, खान नपाएर ।
लेखनदास र मालापोतका कर्मचारी बिचको यो गजवको साठँगाँठले गर्दा यसरी लाखौ सेवाग्राही ठगिएका छन । प्रत्यक्ष देखियो बिजोग रहेछ, मालपोत कार्यालय कास्की ।
फाँटका कर्मचारीले पैसा मागेको कुरा यसरी सेवाग्राहीले भनिरहे पनि हामी पनि निरिह बनेर रिपोटिङ्ग गर्न बाध्य थियौ किनकी प्रमाण बिना कुनै कार्वाही हुदैन र उनिहरु चलाखी पुर्ण ढंगले बाग्रेनिङ गर्ने सिपालु हुन्छन । यो घटनाले मालपोत कार्यालयमा कर्मचारी र लेखनदास बिचको साँठगाँठका कारण धेरैै अबैध र भष्टाचार हुने कुराको भने प्रमाणित गरेको छ ।
लेखनदासको कारण घर्रामा लिखत लुकाउन मन्जुर मालपोत अधिकृतको कालो धन कमाउने सपनाको एउटा प्रतिनिधि मात्र हामीले सार्वजनिक गर्न सक्यौ । तर दैनिक यस्ता घटना कति भए भन्ने बारे जानकार पाउन कठिन छ ।
पारदर्शिता र सुशासनका लागि जव सम्म नागरी सचेत हुदैनन्, तबसम्म हामी कसैको पनि केही लाग्दैन । सुशासनका लागि तपाईको प्रतिबद्धा र सहयोगको खाँचो छ ।

कमेन्ट गर्नुहोस्
Share: