
रञ्जन अधिकारी पोखरा, ११ असार । पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले २६ औं विश्व लागूपदार्थ ओसारपसार विरुद्धको दिवसको सन्दर्भमा शुक्रबार नागरिक सचेतना ¥याली निकाल्यो ।
‘मैले त सुरु गरेँ सचेतना, तपाईंले नि ?’ नाराका साथ माछापुच्छ«ेमार्ग स्थित विद्यालय परिसरबाट सुरु भएको ¥याली राष्ट्रबैंकचोक, ड्यामसाईड, एयरपोर्ट, जनप्रियमार्ग, सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी विद्यार्थीहरुले ‘हामी सबै एक हौं, दुव्र्यसनलाई लखेटौं’, लागू पद्धार्थ कहिल्यै प्रयोग नगरौं, सचेत रहनुहोस् आमाबा, दुव्र्यसनीले हुन्छ स्वाहा लगायतका नारा अंकित प्लेकार्ड बोक्दै माईकिङ समेत गरेका थिए ।
कोणसभामा बोल्दै प्रहरी नायव उपरीक्षक कृष्णबहादुर पल्लीमगरले विद्यालय, शिक्षक, अभिभावक र प्रशासनको सहकार्य हुन सके समाजबाट दुव्र्यसन पूर्ण रुपमा अन्त्य हुने बताए । प्रहरी निरीक्षक बसन्तबहादुर रानाले साना बाबुनानीहरुलाई सचेत तुल्याईं दुव्र्यसन विरद्ध एकजुट हुन सके सभ्य समाज निर्माण हुने बताए ।
विद्यालयका प्राचार्य विधान गौतमले साना नानीबाबुहरुलाई रचनात्मक कार्यक्रममा लगाउनुपर्नेमा जोड दिँदै यसको लागि शिक्षक, अभिभिावक र सचेत वर्गले साथ दिनुपर्ने बताए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्वय कृष्णप्रसाद लम्साल र शिव परियारले गरेका थिए ।
