एएफसी यू-१६ र यू-१९को खेल तालिका सार्वजनिक, नेपाल कठीन समूहमा

Share:

काठमाडौं, असार १२ / एएफसी यू-१६को आफ्नो पहिलो खेलमा नेपालले जोर्डनसँग खेल्ने भएको छ। एसियाली फूटबल महासंघले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’मा रहेको नेपालले जोर्डनसँगै आयोजक किर्गीस्तान र ओमानसँग खेल्ने छ।

सेप्टेम्बर १६देखि २० सम्म किर्गिस्तानको बिस्केक शहरमा हुने छनोटमा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १६मा जोर्डनसँग खेल्ने भने सेप्टेम्बर १८मा किर्गिस्तानसँग र सेप्टेम्बर २० मा ओमानसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

छनोट प्रतियोगितामा ४५ टोलि सहभागि हुनेछन् भने १६ टोली छनोट हुनेछन्। यस्तै अक्टोबर २ देखि ६ सम्म इरानको मस्सादमा हुने एएफसी यू-१९ छनोटको उद्घाटन खेलमा आयोजक इरानसँग खेल्ने छ।

समूह इमा रहेको नेपालले दोस्रो खेलमा अक्टोबर ४ मा कुवेत र तेस्रो खेलमा अक्टोबर ६मा जोर्डनको सामना गर्ने छ। नेपालले यू-१९ र यु-१६को छनोटमा तुलनात्मक रुपमा बलिय प्रतिद्वन्दी पाएको हो।  यू-१९ छनोटमा सहभागी ४३ मध्ये १६ एसियाली टोलि प्रतियोगिताका लागि छनोट हुनेछन्। बहराइन भने आयोजकको हैसियत छनोट भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: