
काठमाडौ, असार २२ / दुरसञ्चारले प्राधिकरणले अब घना बस्तीका क्षेत्रमा टावर राख्न नपाउने गरी ल्याउने भएको छ । वैशाख १२ मा भूकम्पले टावरको समस्या सृजना भएपछि प्राधिकरणले निर्देशिका ल्याउन तयारी गरिरहेको छ। नयाँ निर्देशिका कार्यान्वयन भए टेलिकम कम्पनीले टावर राख्न जंगल छनोट गर्नुपर्ने हुन्छ । यो सम्भव नभए खुला सार्वजनिक क्षेत्र रोज्नुपर्नेछ । बस्तीको क्षेत्र छाड्न नमिले त्यस क्षेत्रका खुला पार्कमा मात्र टावर राख्नुपर्ने निर्दे्शिकामा उल्लेख छ ।
बस्ती, विद्यालय र अस्पताल भएका स्थानमा टावर निर्माण गर्न पाइने छैन, निर्दे्शिकामा उल्लेख छ । सर्वसाधारणको सुरक्षा र सञ्चारको नेटवर्किङ नियमितताका लागि प्राधिकरणले टावर निर्माण निर्दे्शिका तयार गरेको हो ।
अहिले सहरमा सर्वसाधारणको छतछतमा राखिएका टावरले सुरक्षा र सौन्दर्य दुवैमा नकारात्मक असर परेको छ । यसअघि मन्त्रालय या प्राधिकरण दुवैसँग टावर स्थापनाका लागि कुनै निर्दे्शिका नभएकाले जथाभावी टावर राखिएका हुन् ।
छतमा राख्दा पनि निकै कम भारको हुनुपर्ने र अर्को घरसँगको दूरी कम्तीमा ३ मिटर हुनुपर्नेछ ।
