सरकारको नयाँ नीति तथा कार्यक्रममा पोखरालाई यसरी समेटियो – हेर्नुहोस्

Share:

पोखरा २३ असार । आगामी आर्थिक बर्ष २०७२/७३ को लागि सरकारले बुधवार सर्वजनिक गरेको नीति तथा कार्यक्रममा पोखराको तीन प्रमुद्ध मुद्धा पनि समेटिएको छ ।

पोखराको विकासको लागि सरकारी नीति तथा कार्यक्रममा चक्रपथ निर्माण, विकासे गुरुयोजना र विमानस्थल निर्माणलाई जोड दिएको छ ।  राष्ट्रपति डा. रामवरण यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ५४ नम्बर बुदामा पोखरामा चक्रपथ निर्माण कार्य सुरु गर्नुको साथै पोखरा उपत्यकाको विकास गुरुयोजना तयार गरी कार्यन्वयन गरिने उल्लेख छ ।

त्यस्तै पोखरामा सिद्धार्थ यसोधरा स्मारक बनाई बुद्धिष्ट सर्किटमा आबद्ध गर्नुको साथै कला सहित्य तथा सिर्जना उद्यन निर्माणलाई ६८ औं बुदामा समेटिएको छ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि वाकी प्रक्रिया पूरा गरी निर्माण कार्य थालनी गरिने नयाँ नीति तथा कार्यक्रमको ७२ नम्बर बुदामा उल्लेख छ ।

सरकारी नीतिमा समेटिएको बिषय मध्य पोखरामा सिद्धार्थ यसोधरा स्मारक बनाउने र कला सहित्य तथा सिर्जना उद्यन निर्माण कार्य नयाँ हो भने अन्य सबै पहिलेदेखिनै उठाउदै आएका बिषय हुन् ।

कमेन्ट गर्नुहोस्
Share: