साताको सुरुवातमै सुनको मूल्य बढ्यो

Share:

काठमाडौं, आषाढ २७ । अघिल्लो साताको अन्त्यतिर स्थिर रहेको सुनको मूल्य यो साताको सुरुवातमै बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५० हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बृद्धि भएको हो । बुधबारदेखि नै स्थिर रहँदै शुक्रबारसम्म छापावाल सुनको मूल्य ५० हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५० हजार चार सय ५० पुगेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ६ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: