आइएसका कमाण्डर ड्रोन हमलामा मारिए

Share:

काठमाडौं, आषाढ २७ । अफगानिस्तानमा इस्लामिक अतिवादी संगठन आइएसका कमाण्डर ड्रोन हमलामा मारिएका छन् ।अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएको ड्रोन हमलामा आइएस कमाण्डर हाफिज सइद मारिएको दाबी अफगान सरकारले गरेको छ ।
हाफिजसँगै यो साता मात्रै तीन जना आइएस कमाण्डर मारिएका हुन् ।

आइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेकाहरुको हत्या गरेको भिडियो सार्वजनिक गरेपछि इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण तीब्र पारेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: