
पोखरा, साउन ४ ,माधब पनेरु ,
कास्की जिल्लामा रहेका सामुदायिक बिद्यालय बाट एस.एल.सि मा बिशिष्ट श्रेणीमा पास भएका बिद्यार्थि र ७० प्रतिशत भन्दा माथि बिद्यार्थि पास गराउन सफल सामुदायिक बिद्यालयहरु सम्मानित भएका छन ।
बिप्लव नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा कास्की जिल्ला उत्कृष्ट छात्र शान्ता उच्च माविका सुजन तिमल्सीना र छात्रा अमरसिंह उच्च माबिकी सचिना कुँवर लाई पनि सम्मान गरिएको थियो । कास्कीका २२ वटा सामुदायिक बिद्यालय र ७६ जना बिद्यार्थि लाई सम्मान गरिएको अखिल क्रान्तिकारीका कास्की जिल्ला संयोजक मिलन राईले जानकारी दिए । त्यसैगरि शत प्रतिशत बिद्यार्थि पास गराउन सफल र्सिजना बहिरा उच्च मावि र उमा उच्च मावि लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष पुर्ण बहादुर सिंहले नेपालमा शैक्षिक आन्दोलन संझौतामा टुगिंने गरेको बताए । बर्ग संघर्षको उठान संगै सबै खाले आन्दोलनको उठान हुने र नेपालको सन्र्दभमा निजि शिक्षण लाई निरुत्साही बनाउन आबस्यक भएको उनको भनाई थियो । दुई थरि शिक्षा प्रणालीका कारण धनि र गरिव बिचको खाडल फराकीलो बनाएको उनको आरोप छ । नेपालमा जनबादी शिक्षाको आबस्यकता भएको र संभव पनि रहेको उनको दावि छ ।
नेकपा माओबादी तमुवान राज्य संयोजक साबित्रि दुराले एउटा अबस्थामा आएर सामुदायिक बिद्यालयको महत्व पेचिलो बन्दै गएको बताईन । सरकारी बिद्यालयको गुणस्तर बृद्धि आबस्यक भएको भएपनि राज्य निजि बिद्यालयलाई प्रोत्साहन गर्न उद्धत रहेको दुराको भनाई थियो ।
कार्यक्रममा बिद्यार्थि नेता आश तमु, जंग बहादुर साउत,लगायतले बोलेका थिए ।
