
पोखरा,साउन ५, माधब पनेरु.
बिप्लव पक्ष बिद्यार्थि संगठन अखिल क्रान्तिकारी र संघिय समाजबादी बिद्यार्थि युनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजना गरिएको संबिधानको मस्यौदा संबन्धी छलफल कार्यक्रम बिथोलेको छ ।
अखिल क्रान्तिकारीले कार्यक्रम स्थगित गर्न अनुरोध गरेपनि नमानेपछि आफुहरुले बाद्य भएर हस्थक्षेप गर्न परेको अखिल क्रान्तिकारी कास्कीको उपाध्यक्ष आश तमुले बताए ।
सोमबार जिल्ला स्तरिय सुझाव संकलन पछि मंगलबार बिभिन्न र्निबाचन क्षेत्रमा सभासदहरु सहितको उपस्थितीमा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो । अखिल क्रान्तिकारीको हस्थक्षेप पछि कार्यक्रम स्थगित गरिएको बताईएको छ । कार्यक्रममा सभासद रबिन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
बृद्धिजीवीहरुले आयोजना गरेको संविधानको प्रारम्भिक मस्यौदाको छलफल कार्यक्रममा विप्लव नेतृत्वको माओवादी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम निकट अग्रगामी विद्यार्थी युनियनले बिथोलेको बिद्यार्थि नेता तमुले बताए । तमुका अनुसार कार्यक्रममा एमाओवादी, नेकपा एमाले, नेपाली काग्रेस लगायतका कार्यकर्ताको सहभागिता रहेको थियो ।
सामान्य झडप भएपछि क्याम्पसका २ वटा कम्प्युटर क्षति ग्रस्त भएको छ भने क्याम्पस भवनको झ्यालको सीसा पनि फुटेको गुरुङ्गले बताएका छन् । यस अघि दुबै बिद्यार्थि संगठा निकटका राजनितिक दलहरुले सोमबार पनि मस्यौदाको छलफल कार्यक्रम बहिस्कार गरि बिरोध गरेका थिए ।
