
पोखरा,साउन ७, माधब पनेरु ।
अख्तियार क्षेत्रिय कार्यालय पोखराको सक्रियता बढ्न थालेको छ ।
यद्यपि नितिगत तथा सस्थागत रुपमा भएका आर्थिक अनियमितताको बारेमा उचित र आबस्यक कार्वाही गर्न नसकेको अख्तियार कार्यालयले पोखरामा केही सक्रियता देखाउन थालेको छ ।
पछिल्लो समय यातायात ब्यबस्था बिभाग सवारीचालक अनुुमतिपत्र कार्यालयमा पनि अख्तियारले दैनिक निगरानि राखेको छ । बिषेश गरि फेल भएका लाई पनि लाईसन्स बितरण गरेको भन्दै उजुरी आएपछि कार्यालयले प्रयोगात्मक परिक्षाको सबै फाईल दैनिक रुपमा अख्तियारमा बुझाउन र्निदेशन दिएको छ । दैनिक रुपमा अख्तियार कार्यालयमा फाई बुझाउन पर्ने भएपछि लाईसन्समा पास हुनेको सख्यामा भारि गिरावट आएको छ ।
दिनमै सयौ जना पास हुने गरेको प्रयोगात्कम परिक्षामा अहिले दिनमा दुई जना पास हुने गरेका छन । बैज्ञानिक परिक्षा प्रणाली लागु गरेपछि परिक्षामा अत्यन्त कम मात्र पास हुन्छन । तर यातायातका कर्मचारीहरुले आर्थिक चलखेल गरि फेल भएकालाई पनि पाु गराएर लाईसन्स निकाल्न थालेको ब्यापाक उजुरी परेपछि अख्तियारले दैनिक रुपमा जाँचको बिबरण बुझाउन र्निदेशन गरेको पोखरा कार्यालयका डि.एस.पि श्याम कुमार राईले बताए ।
अहिले ठुला तथा मझौला सवारीसाधनको लाईसन्स बितरण भैरहेको छ । करिब १२ सय जनाले फाराम भरेको यातायात कार्यालयले बताएको छ ।
