श्यान्टू र दीक्षा यु–१६ सिंगल्स च्याम्पियन

Share:

काठमाडौं, श्रावण ७ । काठमाडौंका श्यान्टू श्रेष्ठ र आदर्श विद्यामन्दिर (एभीएम) की दीक्षा तामाङले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।जुनियरतर्फ यु–१६ उमेर समूहको ब्वाइजमा श्यान्टू र गल्र्समा दीक्षाले पहिलो स्थान हात पारेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा श्यान्टूले एभीएमका रितिज जोशीलाई ७–११, ११–९, ११–७ र ११–८ को सेटमा पराजित गरे । यूसीपीएसका घनश्याम शर्मा र एभीएमका आशिष शर्मा संयुक्त रुपमा तेस्रो भए ।

अर्को उपाधि भिडन्तमा दीक्षाले आफ्नै स्कुलकी लश्था महर्जनलाई ११–९, ११–५ र ११–४ को सोझो सेटमा हराइन् । रुपन्देहीकी सुकृति श्रेष्ठ र प्रभातकी अन्जु सुवाल तेस्रो स्थानमा सीमित भए ।

काठमाडौं जिल्ला टेबलटेनिस संघले भूकम्पपीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको खुलातर्फ पुरुष÷महिला सिंगल्स दुबैमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

पुरुषमा राष्ट्रिय च्याम्पियन दीप साउनले नेपाल आर्मी क्लबका कृष्ण थापा मगरसँग प्रतिस्पर्धा गर्नेछन् भने आर्मीकै राजेन्द्र कपालीले एपीएफ क्लबका चन्दन शाहीविरुद्ध खेल्ने छन् ।

महिलाको सेमिफाइनलमा प्रहरीकी एलिना महर्जनको भेट एभीएमकी दीक्षासँग हुनेछ भने प्रहरीकी एरिका महर्जनले रुपन्देहीकी सुकृतिको सामनागर्ने छन् ।

तस्वीरः खुला टेबलटेनिसको महिला सिंगल्समा दीक्षा तामाङ । राखेप ।

कमेन्ट गर्नुहोस्
Share: