
पोखरा, साउन १३,माधब पनेरु ,
बिप्लव नेत्रित्वको माओबादी निकटको अखिल क्रान्तिकारीले बिभिन्न समयमा बिद्यार्थि संगठन र राज्यका बिभिन्न निकायहरु संग भएका सहमति कार्यन्वयनको माग गर्दे क्षेत्रिय शिक्षा कार्यलय, पोखरा लगायतका शैक्षिक अड्डाहरुमा तालाबन्दी गरेको छ ।
बिभिन्न ६ बुदे माग सहित अखिल क्रान्तिकारी तमुवान राज्य समितिले तालाबन्दी गरेको हो ।
संगठनले देशभर गरको आन्दोलन स्वरुप तमुवानका सबै जिल्लाहरुमा रहेका जिल्ला शिक्षा कार्यलय,क्षेत्रिय शिक्षा र्निेदेशनालय, उच्चा माबि शिक्षा परिषदमा तालाबन्दी गरेको तमुवान संयोजक लोकेश बि.क ले जानकारी दिए ।
गत बैशाख ६ गते भएको शुल्क बृद्धि संबन्धी सहमति कार्यँवयन नभएको, उच्च माविमा गर्ने भनिएको १० प्रतिशत छात्रबृत्ति कार्यन्वयन नभएको, भुकम्पमा बन्द भएका बिद्यालयको पनि मासिक शुल्क उठाईएको ,मापदण्ड बिपरितका बिदेशी तथा स्वदेशी बिद्यालयको खारेजि नभएको ,बिद्यार्थिहरुमा बिभिन्न शिर्षक लगाएर शुल्क असुल गरिरहेको भन्दै संगठन आन्दोलित बनेको छ ।
यति गर्दा समेत संबन्धीत निकायले बेवास्था गरेमा थप आन्दोलनको कार्यक्रम ल्याउने संयोजक बि.क ले बताए । भोलि देखि अन्य सस्थाहरुमा पनि तालाबन्दी गरिने उनले बताए । हिसान, प्याब्सन तथा एनप्याब्सनमा पनि तालाबन्दी हुने संगठनले जनाएको छ
