राष्ट्रिय चलचित्र पुरस्कारः ‘कबड्डी’ उत्कृष्ट, दयाहाङ-ऋचा उत्कृष्ट नायक-नायिका

Share:

१३ साउन । राष्ट्रपति डा. रामवरण यादवले मंगलबार विभिन्न कलाकारहरुलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति यादवले चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ कलाकार नीर शाहलाई प्रदान गरे । उक्त सम्मानको राशी ३ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, उत्कृष्ट चलचित्रमा ‘कबड्डी’ सम्मानित भयो । यसैगरी, निर्देशनतर्फ ‘टलकजंग भर्सेज टुल्के’का निर्देशक निश्चल बस्नेत सम्मानित भए भने उत्कृष्ट नायिकातर्फ पनि सोही चलचित्रकी नायिका ऋचा शर्मालाई सम्मानित गरियो ।

यस्तै, चलचिल ‘सम्बोधन’का नायक दयाहाङ राइलाई उत्कृष्ट नायक, लेखनतर्फ कबड्डीका रामबाबु गुरुङ र उपेन्द्र सुब्बा सम्मानित भए ।

फिल्म एडिटिङतर्फको सम्मान चलचित्र ‘झिग्राना’बाट निमेष श्रेष्ठ, सिनेमाटोग्राफीमा पनि सोही चलचित्रबाट शैलेन्द्रध्वज कार्की र आदिबासी चलचित्रतर्फ ‘मतान’लाई सम्मानित गरियो ।

कमेन्ट गर्नुहोस्
Share: