
काठमाडौं, श्रावण १७ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको छ ।
निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको छ । घटाइएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ । निगमले हवाई इन्धनमा ९आन्तरिकतर्फ० प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ ।
मूल्य घटाएसँगै पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।
कमेन्ट गर्नुहोस्
