
साउन २३,बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगतकाे माथिल्लो सिद्धबाबाबाट यात्रुबहाक बस खाेलामा खसेको छ । पाल्पाबाट बुटवल आउदै गरेको लु १ ख ५७७१ नम्वरकाे मिनिमाइक्रो तिनाउ नदिमा खसेकाे हाे ।
सिद्धबाबा नजिकै रहेको झरनाले बसलाइ बगाएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । स्थानियका अनुसार माथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा विचकाे झोलुङगे पुल नजिकै एक महिलाकाे शव फेला परेको छ भने झरनाको तल ४ जनाकाे शव फेला परेको बताइएको छ ।
उक्त बसका यात्रु शङकर न्यौपानेका अनुसार बसमा करिव २२ जना यात्रु रहेकाे अनुमान छ । उनले ११ जना जति यात्रुले भागेर ज्यान बचाएको हुन सक्ने बताए । अरु यात्रु बेपत्ता भएका छन । अहिले नेपाल प्रहरी,नेपाली सेना र ट्राफिक प्रहरीकाे टोलीले उद्दार कार्य जारी राखेको छ ।
