पोखरा जेसिजको शुक्रबारिय प्रवचनमालामा विग एफएमका अध्यक्ष महेश भण्डारी

Share:

विग न्यूज

पोखरा, २३ साउन ।

पोखरा जेसिजले गर्दै आएको शुक्रबारिय प्रवचनमाला अन्तरगत यो शुक्रबार विग एफएमका अध्यक्ष महेश भण्डारीले प्रवचन दिएका छन् । पोखरा जेसिजको कार्यालयमा जेसिजका सदस्यहरुमाझ उनले प्रवचन दिएका थिए ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको सवालमा उठाउँदै आएको संस्था जेसिजले समाजका प्रभावकारी व्यक्तित्वहरुलाई यो प्रवचनमालामा निम्त्याउने गर्छ । यो शुक्रबार प्रवचनमालामा विग एफएम तथा नेपाल शैक्षिक परामशं संघ ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले युवाहरुले आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्न अध्ययनशिल हुनुपर्ने बताए ।

अध्ययन, अनुभव, परिकल्पना र भ्रमणले मात्रै व्यक्तिमा नेतृत्वको विकास गर्ने उनले बताए । विश्वमा सफल व्यक्तित्वहरुको उदाहरण दिँदै उनले ती व्यक्तिहरुको सफलतासँग यी सबैकुराहरु जोडिएर आउने उदाहरण समेत दिए ।

प्रवचनमालामा पोखरा जेसिजका सदस्यहरुले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै सदस्यहरुले प्रवचनका लागि पुगेका महेश भण्डारीसमक्ष केहि जिज्ञासा समेत राखेका थिए ।

पोखरा जेसिजका अध्यक्ष छवि सुवेदीले आफ्ना सदस्यहरुलाई सक्षम बनाउनका लागि संस्थाले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । प्रवचनमालामा आएका प्रमुख वक्ता महेश भण्डारीलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी दिनमा पनि जेसिजले पोखराका सफल व्यक्तित्वलाई प्रवचनमाला कार्यक्रममा उभ्याउने बताए ।

कमेन्ट गर्नुहोस्
Share: