
पोखरा,साउन २६
माधब पनेरु
नयाँ बन्न लागेको संबिधानमा दलित लाई वेवास्था गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले पोखरामा दुई घण्टा चक्का जाम गरेको छ । पोखराको लखन चोकमा उनिहरुले बिरोध स्वरुप चक्काजाम गरेका हुन ।
दलहरुले संबिधानको मस्यौदा जारी गरी सुझाव संकलन समेत सकेर संघियता सहितको संबिधान जारी गर्ने तयारी गरेपछि दलित समुदायले जारी मस्यौदामा दलित अधिकार वा छुवाछुतको बारेमा स्पष्ट कानुन ल्याउन नसकेको भन्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।
लखन चोकमा बिहान ११ बजे देखि उनिहरुले एक बजे सम्म चक्का जाम गरेका थिए । दलित समुदायका मानिसहरुले नयाँ संबिधान आफुहरुको लागि कुनै हर्षको बिषय बन्न नसकेको बताएका थिए । आखिर सदियौ देखि छुवाछुत जस्तो भयानक बिभेदमा रहेका दलितहरुको बारेमा संबिधानले केही पनि बोल्न नसकेकोमा उनिहरुले आक्रोश पोखेका थिए । आन्दोलनका क्रममा घाईते भएकाहरुको पनि सरकारले उचित उपचार गरिदिनु पर्ने उनिहरुको माग छ । बन्दका कारण मानिसहरुलाई आवत जावतमा कठिनाई भएको थियो ।
