नक्कली बिद्यार्थि खडा गरेर परिक्षामा पास गराउने मार्गदर्शन बिरुद्ध अखिल क्रान्तिकारीको भण्डाफोर

Share:

पोखरा,साउन २७ ,माधब पनेरु ,
शिक्षा क्षेत्रमा भएको ब्यापक अनियमितता र कमिसनको बारेमा बाहिर आउने प्रशस्त घटनाहरु सहित अर्को नयाँ घटना सार्बजनिक भएको छ नक्कली बिद्यार्थि लाई सक्कली बिद्यार्थि द्धारा परिक्षा दिन लगाएर करौडौ कमाउने धुनमा लागेका पोखराका नयाँबजार स्थित मार्गदर्शन एकेडेमीले नर्सिङ्ख क्षेत्रमा नै कालो धब्बा लगाउने काम गरेको रहस्य सार्वजनिक भएको छ ।
बर्षो देखि शैक्षिक लुटमा सक्रिय उक्त एकेडेमीको सञ्चालक पुरन श्रेष्ठको धन्दा बिप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थि संगठनले सार्बजनिक गरेको छ । शिक्षामा मौलाउदै गएको बिकृतीमा अन्य राजनितिक पार्टीकै संरक्षणमा उनले यस्तो धन्दा गरेको अखिल क्रान्तिकारीले दावि गरेको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले पुरन श्रेष्ठको कर्तुतको सार्वजनिक गरेको हो ।
बिर अस्पतालमा सञ्चालन हुने नर्सिङ्ख अध्यापन प्रबेश परिक्षाका लागि आफ्नै होस्टेलमा रहेका अन्य बिद्यार्थिहरु लाई जाँच दिन लगाएर कमजोर शैक्षिक अबस्थाका बिद्यार्थि लाई एक नम्बरमै नाम निकालेको रहस्य बाहिर आएको बिद्यार्थि नेता मणी न्यौपानेले बताए ।
मार्गदर्शन एकेडेमीले बिद्यार्थिहरु लाई जम्मा गरेर बिभिन्न बिस्वबिद्यालयहरुमा कमिसनको लागि बार्गनिङ्ख गर्ने गरेको पनि बिद्यार्थिहरुले सो अबसरमा बताए । यस पटक पनि बिद्यार्थिहरुले कमिसनको कुरा गरीरहेको भएपनि आफुहरुले प्रमाण माग्ने गरेको भएपनि यस पटक बिद्यार्थिहरुले प्रमाण सहित आएपछि कार्वाहीको लागि आफुहरु पनि लाग्ने नेसिङ्ख परिसदको सदस्य जिता बरालले बताईन । मार्गदर्शन जस्ता शैक्षिक माफियाहरुको कारण नसिङ्ख पेशाको समेत बदनाम भएको जिताले पत्रकार सम्मेलनमा बताईन । आफुहरुको गर्ब गर्ने ठाउ समेत नराखेकोमा उनि आक्रोशित थिइन । खुलआम भेरहेको यस्तो कृयाकलापको बारेमा भण्डाफोर गरेकोमा उनले बिद्यार्थिहरुलाई धन्यबाद दिईन ।
यसरी शिक्षा क्षेत्रमा राजनितक आड, शक्ति केन्द्रको भरोसा र खुलेआम दादागिरी चलिरहेको छ । संबन्धीत निकाय मौन छन । शिक्षामा भएकोे अराजकताका लागि सिमित फाईदाका लागि सक्तामा भएका राजनितिक दलहरुनै सक्रिय भएर आफुहरुलाई फोन बाट धम्क्याउन खोजेको समेत बिद्यार्थिहरुले बताए । बिस्तारै माफियाहरुको जालोमा आफुहरुले कैची धुसाउने अखिल क्रान्तिकारीका केन्न्द्रीय सदस्य लोकेश बि.क.ले बताए । अब पनि राज्यले निरियता देखायो भने अब आफुहरुले नै कार्वाही गर्ने बि.कले पत्रकार सम्मेलनमा बताए ।

कमेन्ट गर्नुहोस्
Share: