
काठमाडौं, श्रावण २९ । अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि सयौं अग्नि नियन्त्रक र उद्धारकर्मी खटिएका छन् ।
सम्भावित क्षतिका लागि नजिकको बस्ती खाली गरिएको छ । आगलागी ३९ किलोमिटरसम्म फैलिनुका साथै हजारौं हेक्टर जमिन नस्ट भएको छ । सुख्खा मौसमका कारण डढेलोसँगै आगलागी भएको अमेरिकी अधिकारीले जनाएका छन् ।
सोही जंगलमा गत वर्ष आगलागी हँदा ३ जना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
