भारतविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि ३० सदस्यीय नेपाली टोलीको घोषणा

Share:

काठमाडौं, श्रावण ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि पहिलो चरणमा ३० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

भदौ १४ गते भारतको पुनेमा हुने मैत्रीपूर्ण खेलका लागि पछिल्लो एक महिनादेखि अभ्यासरत ४५ खेलाडीमध्ये पहिलो चरणमा ३० जनाको छनोट गरिएको एन्फाले जनाएको छ ।

प्रारम्भिक टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र रितेश थापा छन् । यस्तै, डिफेन्डरमा सागर थापा, सन्दिप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी र अजित भण्डारी छन् ।

मिडफिल्डरमा भोलानाथ सिलवाल, हेमन्त थापा मगर, राजु तामाङ, श्याम नेपाली, सुशील केसी, विश्वास श्रेष्ठ, विशाल राई र विक्रम लामा छन् ।

टोलीको फरवार्डमा अनिल गुरुङ, जुमनु राई, भरत खवास, अन्जन विष्ट, विमल घर्तिमगर, भरत शाह र नवयुग श्रेष्ठ छन् । प्रशिक्षकको जिम्मेवारी ध्रुव केसीलाई दिइएको छ ।

भारतविरुद्धको मैत्रीपूर्ण खेललाई नेपाली टोलीले आसन्न साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: