
पोखरा, ४ भदौ / पोखरामा शुक्रवार सम्मपन्न टि–२० महिला क्रिकेट लिग प्रतियोगितामा आयोजक माछापुच्र्छे क्रिकेट क्लव पोखराले उपाधी चुमेको छ । राइजिङ्ग क्रिकेट फर उमन क्लव काठमाण्डौंलाई २८ रनले पाखा लगाउदै माछापुच्र्छे च्याम्पीयन बनेको हो ।
टस जितेर ब्याटीङमा उत्रेको माछापुच्र्छेले तीन विकेटका क्षतीमा एक सय २४ रनको स्कोर खडा गरेको थियो । लक्ष्य पछ्याउन मैदानमा उत्रेको राइजिङ्ग क्रिकेट फर उमन क्लव पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतीमा ९६ रनमा समेटीए पछि माछापुच्र्छे बिजयी भएको हो । राइजिङ्गलाई सस्तैमा समेटन सरिता मगर, सामना पुनमगर, शोभा आलेले क्रमश एक एक विकेट लिएका थिए । राइजिङ्गकी रेखा रावलले १४ रन र सजनी श्रेष्ठ १० रन नटआउट बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन सकेनन् ।
माछापुच्र्छेको जितमा इन्दु बर्माले ५१ बलमा ३३ रन, सरिता मगरले २२ बलमा २८ रन र सञ्जु चौधरीले ३५ बलमा २७ रनको योगदान दिएका थिए । प्रतियोगितामा राइजिङ्गकी गिता चुडाल बेष्ट बलर, माछापुच्र्छेकी सरिता मगर बेष्ट ब्याट्स उमन र माछापुच्र्छेकै ईन्दु बर्मा उमन अफ द सिरिजको पुरस्कार पाए । च्याम्पीयन बनेको माछापुच्र्छेले २० हजार नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्र्राप्त ग¥यो ।
समापन कार्यक्रममा क्यानका कार्यवाहक अध्यक्ष दिपक कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रि स्तरमै महिला क्रिकेट प्रतियोगिता कम हुने गरेको बताउदै माछापुच्छे्र क्रिकेट क्लव पोखराले प्रतियोगिता आयोजना गरेर नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न योगदान दिएको बताए । कार्यक्रममा बिजयी क्लव, खेलाडी र बिभिन्न बिधामा पुरस्कृत भएका खेलाडीहरुलाई क्यानका कार्यवाहक अध्यक्ष कोइराला, सहयोगी अमेरिकाका रोवट बिज्ली लगाएतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा आयोजक माछापुच्र्छे क्रिकेट क्लवका अध्यक्ष दिपेश खत्री, सचिव बिवेक चालीसे र कोषाध्यक्ष सुमन गुरुङ गुरुङले पनि भनाई राखेका थिए ।
