युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाली नेता निर्देशन

Share:

एजेन्सी प्योङयाङ, भदौ ४ / उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग युद्धको तयारी थाल्न सेनालाई निर्देशन दिएका छन्।

बिहीबारसाँझ सैनिक अधिकारीसँगको बैठकमा उनले युद्धका लागि पूर्ण तयारी गर्न निर्देशन दिएको उत्तरकोरियाका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनले सिउललाई प्योङयाङ विरोधी गतिविधी नगर्न चेतावनी समेत दिएका छन्।

आज साँझ ५ बजेपछि कुनै पनि समयमा उत्तरकोरियाले सैनिक कारबाही शुरु गर्न सक्ने समाचारमा जनाइएको छ। बिहीबार दक्षिण कोरियासँगको सिमानामा दुई पक्षबीच रकेट तथा बम हानाहान भएको थियो। यसैको प्रतिकृया स्वरुप उत्तरकोरियाले यस्तो चेतावनी दिएको हो।

उत्तर कोरियाले यसअघि पनि यस्तो चेतावनी दिने गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: