
पोखरा। माओत्से गुरुङ निर्देशित फिल्म ‘नरे’ को भदौ २२ मा च्यारिटी हुने भएको छ । पोखरामा स्पेशल स्क्रनिङ सम्पन्न गरिसकेको नरे युनिटले पोखरामा पहिलो च्यारिटी गर्न लागेको हो ।
हङकङ्गबाट च्यारिटी थालेको गायक तथा नायक नरजंग गुरुङ द्धारा अभिनित फिल्म भदौ २२ गते शिक्षा दिवसको अवसर पारेर पोखराको पुर्णिमा चलचित्र हल न्युरोडमा १ दिन पर्दशन हुने फिल्मका निर्माता हर्क गुरुङले बताए । गुरुङ समुदायको विकृतिको रुपमा रहेको आईडी किनेर हङकङ जाने समस्यालाई फिल्मले उजागर गरेको उनले बताए । एकपटक हेर्नै पर्ने नेपाली फिल्मका रुपमा नरे रहेको दावी गर्दै उनले उक्त दिन दुई शो मात्र हुने बताए ।
फिल्मका अभिनेता नरजंगको वास्ताविक जिवन संग मेल खाने केहि किस्साहरुले गर्दा अभिनय दम्मदार भएको निर्देशक महोत्से गुरुङको दावी छ । फिल्मको कथा समेत आफैँ लेखेका निर्देशक महोत्सेका अनुसार एउटा सोझोँ र सामान्य परिवारको युवा पैसा कमाउने लोभमा कसरी भुमरीमा फँस्छ भन्ने कुरालाई फिल्मले पर्दामा उतारेको बताए । सम्पुर्ण कलाकारको अभिनय र टिमवर्कले गर्दा फिल्म एकदमै राम्रो बनेको छ उनको भनाई छ ।
फिल्ममा नरजंग सँगै एलिशा गुरुङ र सबिना गुरुङले क्येमेष्टी जोडेका छन । कमेडी र सेन्टिमेन्ट्स मिलाएर बनेको फिल्मको अगस्टको २ तारिखमा हङकङमा भव्य प्रदर्शन भइसकेको छ ।
फिल्मलाई नेपालका अन्य स्थानमा पनि प्रदर्शन गरिने जनाएको छ । कास्कीको पर्यटकिय गाँउ धम्पुसका सुटिङ्ग गरिएको फिल्ममा सुनिल गुरुङ, राजेन्द्र बहादुर थापा, पदम गुरुङ, उर्मिला गुरुङ लगायतको अभिनय रहेको छ ।
