टीकापुर वरपरका १० गाविसमा सेना परिचालन गर्ने निर्णय, दंगाग्रस्त क्षेत्र घोषणा

Share:

कैलाली, भाद्र ८ / कैलाली जिल्लाका १० गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालनको निर्णय गरिएको छ । आज बसेको जिल्ला शान्ति सुरक्षा समितिको बैठकले टीकापुर आसपासका १० गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बैठकले ति क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको छ । टीकापुर वरपरका मनोवा, जोशीपुर, दुर्गौली, धनसिंहपुर, नारायणपुर, तथरिया, खैलाड, भजनु, बहौंनियालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो । सम्भावित प्रदर्शनको मध्यनगर गर्दै ति क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

आज विहान नारायणपुर, भजनी र जोशीपुर गाविसमा प्रदर्शनको तयारी गरिरहेका केहीलाई प्रहरीले अश्रुग्यास प्रहार गरी तितरबितर पारेको छ । हिजो टीकापुरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए ।

कैलाली प्रशासनले आज धनगढी र भदिनी नगरपालिका क्षेत्रमा ११ बजेदेखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: