थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति

Share:

८ साउन, काठमाडौं । प्रमुख चार दलबीच थारु समुदायको आन्दोलनको राजनीतिक समाधान खोज्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलको बैठकले टीकापुरमा भएको हिंसात्मक घटनाबारे छलफल भएको थियो ।

बैठकमा कांग्रेस र एमालेका नेताहरु प्रशासनिक रुपमा समस्या समाधान गर्ने पक्षमा उभिएका थिए । तर, एमाओवादीले हिंसात्मक घटना जे भए पनि आन्दोलनको मूल उद्देश्य राजनीतिक भएको बताएको थियो ।

बैठकमा सरकारले शान्ति सुरक्षा कायम गर्ने र शीर्ष नेताहरुले नै राजनीतिक निकासका लागि पहल गर्ने सहमति भएको छ । साथै शीर्ष नेताहहरुले नै सामाजिक सद्भाव कायम राख्न अपील गर्ने सहमति पनि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: