रामजी वादल हत्या काण्डका आरोपी विश्वास गौतम देहरादुनबाट पक्राउ, प्रकाश गुरुङद्धारा आत्मसमर्पण

Share:

पोखरा ९ भदौ । कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘वादल’को हत्या गरि फरार भएका दुई जना प्रहरी नियन्त्रणमा आएका छन् ।

पौडेलको हत्या लगतै फरार भएका विश्वास गौतम भारतको देहरादुनबाट पक्राउ परेका हुन् । त्यस्तै अर्का आरोपी प्रकाश गुरुङले डाडाको नाक प्रहरी चौकीमा आएर आत्मासमर्पण गरेको प्रहरी स्रोतले बताएको छ ।

आरोपी रविन केसी भने अझै फरार छन् । हत्या लगतै पक्राउ परेका राजु रानाभाटको बयानको आधारमा उनिहरुलाई प्रहरीले खोजीको सुचीमा राखेको थियो ।

पौडेलको हत्यामा संलग्नताको आशंकामा अनुसन्धानको लागि कांग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणी लामिछाने पनि प्रहरी हिरासतमा छन् । गत साउन २८ गते राति पार्टीको आन्तरिक विवाद मिलाउने काममा सक्रिय पौडेलको हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: