स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यवाहक अध्यक्ष कमल पौडेल अथक माथि प्रहरीको दुब्र्यवहार

Share:

पोखरा ९ भदौ / स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यवाहक अध्यक्ष, रेडियो सराङ्गकोटका समाचार प्रमुख कमल पौडेल अथक माथि प्रहरीको दुब्र्यवहार पोखरा,९ भाद्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक देविप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले रेडियो सराङ्गकोटका समाचार प्रमुख कमल पौडेल अथक माथि दुब्र्यवहार गरेको छ ।

बुधवार दिउसो ठीक साढे ३ बजे पोखराको बगालेटोल घुम्तिको सार्वजनिक वाटोमा कास्की कांग्रेसका नेता रामजी बादलका हत्याराहरुलाई नेपाली कागजमा ल्याप्चे सहछिाप गरेकोभेटेपछि पौडेलले फोटो खिचेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीतर्फ वाटो लागेको हत्यारा सहितको सो प्रहरीको गाडी वाटोमा रोकेर नेपाली कागजमा लेखिएको विवरणमा सही छाप लगाउन लगाएकोे देखेपछि अथकले फोटो खिचेका थिए। फोटो खिचेपछि किन फोटो खिचेको भन्दै प्रहरी निरिक्षक देवी पौडेल लगायतका प्रहरीहरु ले क्यामरा खोसी फोटो डिलेट गराउन दवाव दिएको अथकले बताए ।

सार्वजनिक स्थानमा अभियूक्तको सहिछाप गराएको भेटेपछि अथकले त्यसको रहस्य बुझन आफुले फोटो खिचेका बताएका छन् । अथकले फोटो खिच्दै गर्दा निज प्रहरी निरिक्षक देविप्रसाद पौडेलले सहि छापको कागज टोपीले छोपेका थिए । पत्रकार अथकले खिचेको फोटो तल प्रस्तुत गरिएको छ । हत्यामा संलग्न बिश्वास गौतम सहित प्रकाश गुरुङ्ग राजुरानाभाट सहित प्रहरीको यो फोटो हो।

यसै बिच कास्की प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक हरिबहादुर पाल संग प्रहरीले फोटो खिच्दा आफुलाई दुब्र्यवहार गरेको जानकारी गराएपछि फोनमा उनले पत्रकार माथी प्रहरीले दुब्र्यवहार गरेको बारे दुःख ब्यक्त गरे। उपरिक्षक पाललेसार्वजनिक स्थलमा अभियूक्त लाइ सही गराउने र पत्रकार लाई दुब्र्यवहार गर्ने प्रहरी माथी छानविन गरिने बताएको पौडेलले जानकारी दिए । उनले गलत काम गर्ने प्रहरीलाई पनि बांकी नछोड्ने चेतावनि दिए ।

यता स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रिय समितिले बुधवार एक प्रेश विज्ञप्ति जारी गरि संघका केन्द्रिय कार्यवाहक अध्यक्ष कमल पौडेल अथक माथी कास्की प्रहरी निरिक्षक देविप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले क्यामरा खोसेर गरेको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ । साथै संस्थाले स्वतन्त्र पत्रकारीता माथी प्रहरीको हस्तक्षेप हुनु निन्दनिय रहेको भन्दै दोषि प्रहरीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: