
ललितपुर, भदौ १० / नेपाल पहिलो साफ यु-१९ प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ३-२ले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
नेपालका लागि अन्जन बिष्टले २ र सुनिल बलले १ गोल गरे। अफगानिस्तानका मेहदी रेजाइले १ गोल फर्काए। नेपालका अनन्त तामाङबाटआत्मघाती गोल भएको थियो । नेपालले फाइनलमा भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनलमाा दिउँसो साढे ३ बजे हुने छ।
कमेन्ट गर्नुहोस्
