सुनको भाउ फेरि घट्यो

Share:

काठमाडौं, भदौ १० / सुनको भाउ फेरि घटेको छ । बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेर ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेको व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो । बुधबार पनि सुनको भाउ ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै बिहीबार चाँदी पनि २० रुपैयाँले सस्तो भएको छ । चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: