
पोखरा, ११ भदौ । चौथो विग आईकन मुस्कान रानाभाट साँगीतिक कार्यक्रका लागि बेलायत जाने भएकी छन् । बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’को निम्तो तथा काठमाण्डौ थापाथलीस्थित ब्रिटिश कलेजको व्यवस्थापनमा उनी बेलायत जान लागेका हुन् ।
उनीसँगै विग एफएमका अध्यक्ष महेश भण्डारी पनि बेलायत जाँदैछन् । सेप्टेम्बर २० मा रानाभाट र भण्डारी त्यसतर्फ प्रस्थान गर्दैछन् ।
करिब दुई हप्तासम्म मुस्कानले बेलायतका विभिन्न शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो साँगीतिक प्रस्तुती समेत राख्नेछिन् । बेलायतको रिडीङ अल्ट्रसट, विलिच, हन्स्लो लगाएतका शहरमा विशेष खालको साँगीतिक कार्यक्रम हुने विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।
रानाभाट बेलायतबाट फर्किएसँगै त्यसको केहि समयपछि पाँचौ विग आईकन २०१४ कुन्साङ गुरुङ पनि बेलायत जानेछन् ।

