पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २८ लाखको उपकरण

Share:

पोखरा, १३ भदौं  – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २८ लाख मूल्य बराबरको आधुनिक उपकरण प्राप्त भएको छ । पश्चिमाञ्चल क्षेत्रका नागरिकलाई सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देस्यले स्थापना गरिएको भएपनि समयानुकुल अत्याधुनिक प्रबिधिको विकाश पक्रियामा गतिलिन नसकेको अस्पतालको “बिषेश नवजात शिशु ”(एन,आई सिसियु) कक्षलाई अत्याधुनिकरण गर्नका लागि लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले उपकरण प्रदान गरेको हो ।

२०१२ सालमा स्थापना भई सञ्चालनमा रहेको पश्चिमाञ्चल अस्पतालमा अबपनि अत्याधुनिक उपकरणको अभावमा नवजात शिशुहरुले अकालमा ज्यान गुमाउन नपरोस भनि राष्ट्रिय गुणस्तर प्राप्त भियतनामको यम टिटियस कम्पनीद्वारा उत्पादित अत्याधुनिक उपकरण खरिद गरि अस्पतललाई हस्तान्तरण गरेको क्लवका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

उपकरण उत्पादक भियतनामी यमटिटियस कम्पनिले आफ्ना उत्पादित उपकरणहरुको प्रयोग विधि, प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, मर्मत संभार, यसको प्रयोग बिधि लगायतका वारेमा कम्पनी निर्देशक एवं बजार प्रबन्धक ग्रीगोरी डेजरले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखराका विभिन्न अस्पतालहरुमा कार्यरत १९ जना बालरोग विशेषज्ञ डाक्टरलाई तीन दिन सम्म प्रशिक्षण दिएपछि उपकरण हस्तान्तरण गरिएको हो ।

अस्पतालको भौतिक पुर्वाधार निर्माण तथा अत्याधुनिक प्रबिधिमार्फत उपचारका लागि पटकपटक सम्वन्धित निकायमा आवस्यक पहल पनि हुँदै आएको छ । तर आवश्यक रुपमा प्रक्रिया अगाडि नबढ्दा उपचारमा समस्या रँहदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले बताउनुभयो ।

अमेरिकन टेक्नोलोजी र युरोपियन ब्यवस्थापनमा सञ्चालित कम्पनी उपकरण पाएसंगै यस क्षेत्रका हजारौ नवजात शिशुको जीवन बचाउन सहज हुने बताउँदै श्रेष्ठले वार्डलाई अत्याधुनिकरण गर्न न्युरोड चौतारीको पहल र मेडिकल टेक्नोलोजी ट्रान्सफर सर्भिस लिमिटेडको सहयोगलाई अस्पताल परिवारले कहिल्यै नबिर्सने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: