
भाद्र १९, पोखरा
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा ५० वर्ष पूरा गरेको अवसरमा आयोजित स्वर्ण जयन्ती समापन समारोह आज हुँदैछ । समापनको अवसरमा बिहान ७ः३० बजे चिप्लेढुङ्गाबाट प्रभातफेरि निकालिएको छ भने अहिले शाखामा निर्माण गरिएको स्तम्भ अनावरण गर्ने कार्यक्रम छ ।
बिहान ११ बजे साइमन पार्टी प्यालेसमा सम्मान तथा समापन समारोह हुने रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले जानकारी दिए ।
‘मानवताका लागि सेवा’ भन्ने मूल नाराका साथ शाखाले एक वर्ष भरि विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ति वर्ष मनाइरहेको छ । कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले गर्ने कार्यक्रम छ ।
कास्की शाखाको स्थापना वि.स. २०२२ साल भाद्र १९ गते भएको हो । एक वर्षभरी जुनियर सर्कलबीच विभिन्न कार्यक्रम, स्वास्थ्य शिविर, विशेष रक्तदान कार्यक्रम, वुक्षारोपण, स्मारिका प्रकाशन, मैत्रीपूर्ण फुटबल लगायतका कार्यक्रम गरेको छ ।
स्वर्ण जयन्तिकै अवसरमा शाखाकै परिसरमा निर्माण गरिएको स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष एवम् स्तम्भ निर्माण समितिका संयोजक धर्मराज अधिकारीले बताए ।
