खोजि तिब्र भएपनि मृत अमेरीकी महिलाको लाश भेटिएन

Share:

पोखरा,भदौ १९,माधब पनेरु,
अमेरीका बाट बोलाएर हत्या गरिएको अमेरीकी महिलाको लास हाल सम्म फेला परेको छैन । केही दिन देखि बेपक्ता अमेरीकी महिला डेलिया याहियाको हत्या गरेर उनको लाश सेति नदीमा फालेको बताएका अभियुक्त पौडेल आफैले जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्याको प्रयास गरेपछि लाश फेला पार्न झन अप्ठेरो परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । याहियाको लाशको खोजि कार्य भने तिब्र पारीएको छ । शुक्रबार बाट नै खोजि सुरु भए पनि हालसम्म फेला पार्न नसकीएको जनाईएको छ ।
आत्महत्याको प्रयास गरेका अभियुक्त नारायण पौडेलको अबस्था भने सुधारात्मक रहेको जनाईएको छ । उनको टाउकाको अपरेशन गरिएको छ । अहिले पोष्ट अफ बार्डमा राखिएको स्रोतले जनाएको छ । खुट्टाको भने केही दिन पछाडी मात्र अपरेशन गरीने जनाईएको छ ।
आफैले अमेरीका बाट बोलाएर पैसाको लालचमा हत्या गरेका पौडेलले जिल्ला प्रहरी कार्यालयको छत बाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: