पोखरामा महिलाको भेषमा लुटेराहरु सक्रिय

Share:

पोखरा,भदौ १९.माधब पनेरु ,
पोखरामा बिभिन्न शैलीमा लुटेराहरु सक्रिय रहेका छन । मानिसहरुलाई बिभिन्न लोभ तथा आफन्त भएको बाहाना बनाएर गरगहना तथा रकम लुटेर भाग्नेहरु सक्रिय हुन थालेका छन ।
पोखराको पृथ्वीचोकमा रहेको होठल दिपमालामा बास बस्न भनेर आएका दुईजना महिलाहरु मध्ये एउटाले अर्काेलाई बेहोश बनाएर गरगहना र पैसा लुटेर लगेको प्रहरी स्रोतले जानकारी दिएको छ । शुक्रबार राति होटमा साथी भनेर दुई जना बास बस्न आएपछि होटलले कोठा उपलब्ध गराएको थियो । कोठामा बसेको केही बेरमा एउटा महिला बाहिर निस्कीए पनि अर्को ननिस्कीए पछि कोठामा हेर्दा बेहोश अबस्थामा फेला परेको स्रोतले बताएको छ ।
बेहोश भएकी ति महिलाको पोखराको चरक अस्पतालमा लगेर उपचार गरिएको छ । कोठामा बस्न पनि संगै आएका र पछि एउटाले अर्कोलाई बेहोश बनाउने केमीकल सुघाएर लुटेको प्रहरीको प्रारभ्भीक अनुसन्धानले बताएको छ । उनिहरु आफन्न्त नै हुन सक्ने अनुमान छ ।
सञ्चार मजदुर डुम्रे लुटिए
पोखरामा शान्ति सुरक्षाको प्रबन्ध चुस्त भएको चनिएपनि साझ बिहान एक्लै हिड्न सक्ने अबस्था रहेको छैन । पोखराका मुख्य चोकहरुमा समेत मानिसहरु लुटिईरहेका छन । प्रहरीबिट अगाडी नै मानिस लुटिदा समेत प्रहरी मुखदर्शक बनेको गुनासो आउन थालेको छ ।
करिब तिन दि अगाडी पोखराको र्सिजनाचोकमा रहेको प्रहरी बिट अगाडी नै एक सञ्चारमजदुर लुटिएका छन । उनले आफु लुटिएको दुई मिनेट भित्र प्रहरी लाई भनेका थिए । चोकमा नै रहेका प्रहरीले लुटेराको खोजिका लागि वास्था नगरेको लुटिएका सञ्चार मजदुर मनोज डुम्रेले बताए । र्सिजनाचोकको प्रहरी बिट अगाडी नै दुई जना लुटेराले रातको करिब १२ बजे मोवाईल र पैसा लुटेको डुम्रेले बताए । आफुलाई गालामा हानेर मोवाईल र पर्स लगे । मैले तुरुन्त प्रहरीलाई भने , तर प्रहरीले छोड्देउ भनेर टारे – उनले बिग न्युज संग भने ।
प्रहरी बिट अगाडी नै लुटिदा समेत सुरक्षा दिन नसक्ने प्रहरी र लुटेरा भाँगेको ठाऊ तर्फ खोज्न जान भन्दा पनि नमान्ने जस्ता कारणले सुरक्षा ब्यबस्था र प्रणाली माथि नै शंका लागेको उनले बताए । पत्रिका छापेर बासस्थान तर्फ जादै गर्दा उनलाई र्सिजना चोकमा लुटेराहरुले लुटेका हुन ।

कमेन्ट गर्नुहोस्
Share: