
विग न्यूज
पोखरा, १९ भदौ | छैठौँ विग आईकनको को–स्पोन्सरको रुपमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सीले सहकार्य गरेको छ । रियालिटि शो विग आईकनको आयोजक विग एफएमले यो कुरालाई पुष्टी गरेको हो ।
काठमाण्डौस्थित यूरो एशिया एजुकेशन कन्सल्टेन्सीको कार्यालयमा शनिबार ईभेन्टको को–स्पोन्सर रहने विषयमा दुई पक्षिय सहमती भएको छ । कन्सल्टेन्सीका डाईरेक्टर सुर्यबहादुर डाँगी र विग एफएमका अध्यक्ष महेश भण्डारीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
यूरो एशिया एजुकेशन कन्सल्टेन्सीले पाँचौ विग आईकनमा पनि को–स्पोन्सरको रुपमा सहकार्य गरिसकेको छ । ‘हामीले पुरानौ स्पोन्सरहरुलाई यसरी दोहो¥याउन पाउनु भनेको हामी सफल हुनु हो ।’ सहमती गरिसकेपछि विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘यो कुरालाई हामीलाई झन् बढि उर्जा दिएको छ ।’
यूरो एशिया एजुकेशन कन्सल्टेन्सीका डाईरेक्टर सुर्यबहादुर डाँगीले विग आईकनको प्रभावकारिताले गर्दा नै को–स्पोन्सरको रुपमा दोहोरिन आफुहरु आकर्षित भएको बताए । उनले आगामी दिनमा पनि विग आईकनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाए ।
यूरो एशिया एजुकेशन कन्सल्टेन्सीको शाखा कार्यालय पोखरा चिप्लेढुंगामा समेत रहेको छ । यो कन्सल्टेन्सीले खासगरि जापान पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै परामर्श दिँदै आएको छ ।
छैठौँ विग आईकनको लागि अहिलेसम्म प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज र सबटाईटल स्पोन्सरको रुपमा कान्साई नेरोल्याक पेन्ट्स नेपालले सहकार्य गरिसकेका छन् ।
