प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबलमा पहिलो चरणका खेल जारी

Share:

पोखरा २१ भदौ । काजीपोखरी यूथ क्लब पोखराको आयोजनामा पोखरामा जारी प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु जारी रहेका छन् । जस अन्र्तगत सोमबारको पहिलो खेलमा यूवा संघ कास्की बी ले एम एफ सी लाई २—१ ले पराजित गर्दै अघिल्लो दोश्रो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै योङ्गस्टार पूmटबल क्लब रामबजार ए बीच भएको दोश्रो खेलमा रामबजार ए टाई ब्रेकरको शिकार हुँदै ४—३ ले पराजीत भएको छ । निर्धारित समसयम्म १÷१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । त्यस्तै अनुपमा फूटबल क्लब र भ्याली स्र्पोट्स क्लब बीच हुने भनिएको तेश्रो खेलमा अनुपमले वाकओभर दियो ।

प्रतियोगिताको चौथो खेलमा शिबटोल फूटबल टीमसंग ७—० को फराकिलो गोल अन्तरले पराजीत हुँदै न्यू ब्रर्दश क्लब प्रतियोगिताबाट बाहिरियो । पाँचौ खेलमा शीतलज्योती क्लबले काजीपोखरी बी लाई टाई ब्रेकरमा ३—२ को जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

छैटौँ खेलमा विष्णुपादुका क्लब हेमजाले काजीपोखरी सी लाई ३—१ले हरायो । यसैगरी सातौँ खेलमा संगम जुनियरले डडुवा फूटबल क्लबलाई २—० ले पराजित गरेको छ । यस्तै प्रतियोगिताको आठौँ खेलमा काजीपोखरी फूटबल क्लब ए ले मनोहर यूथ क्लबलाई टाई ब्रेकरमा ले पराजित गरेको छ ।

प्रतियोगितामा मंगलबार पनि आठ खेल हुने आयोजकले जनाएको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ भूकम्प पीडितहरुको सहयोगार्थ एवं काजीपोखरीमा फूटलब मैदान निर्माण गर्ने उद्धेस्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४९ वटा क्लब तथा फूटबल समूहले भाग लिएको प्रतियोगिताका संयोजक अनुपसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु ८५ हजार ५ सय ५५ तथा उपबिजेता टीमले नगद रु ४५ हजार ५ सय ५५ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सवोत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र अनुशासित टिमलाई पनि पुरस्कृत गरिने भण्डारीले बताउनुभयो । प्रतियोगिताकाको क्वार्टरफाईनल चरणबाट भने म्यान अफ दि म्याचको उपधि समेत प्रदान गरिने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: