
काठमाडौं, भदौ २१ । भारतका पूर्वी तटीय प्रान्तहरु उडिसा र आन्ध्र प्रदेशका विभिन्न स्थानमा चट्याङ लागेर कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशमा मात्र २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । चट्याङ लागेर उडिसा राज्यमा ९ जनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, राज्य सरकारले मृतकका परिवारहरुलाई चार/चार लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
बंगालको खाडीमा न्यून चापीय वायुको दबाबका कारण तेलंगना र आन्ध्र प्रदेशमा भारी वर्षा भएको छ र अझै भारी वर्षाको सम्भावना रहेको स्थानीय मौसम विभागले जनाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
