क्याम्पस परिसरमा मृत फेला परेका विद्यार्थीको मृत्यु झनै शंकास्पद, लिङ्ग काटिएको भेटियो

Share:

पोखरा,भदौ २२ । तनहुँको व्यासनगरपालिका–१० स्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा मृत अवस्थामा भेटिएका पूर्ण बहादुर रानाको हत्या नै भएको आशंका गरिएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि उठाउने क्रममा शरिरका विभिन्न भागमा चोटपटक लागेको र लिङ्ग काटिएको अवस्थामा भेटिएपछि रानाको हत्या नै भएको उनका आफन्तले बताएका छन् ।

व्यासनगरपालिका–१० स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उनी केही दिन अघिदेखि हराईरहेका थिए । दिदीको घरमा बसेर अध्ययन गर्दै आएका राना हराएपछि खोजीकार्य तिव्र पारिएको थियो ।

तर सोमबार दिउँसो मात्रै आदिवकी क्याम्पस परिसरमा रुखमा सलले झुण्ड्याईएको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले शव दुर्गन्ध अवस्थामा भेटिएको जानकारी दिए ।

उनले शवको पोष्टमार्टम गरी थप अनुसन्धान थालिएको बताएका छन् । मृतकका आफन्तले घटनाको यथार्थ पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: