बिग न्यूज पोखरा, २२ भदौ | गायन रियालिटि शो ‘विग आईकन’को छैठौँ सँस्करणमा टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन फाईनल भएको छ । विग आईकनको आयोजक संस्था विग एफएमले यसको पुष्टी गरेको हो ।
मंगलबार विग एफएमका अध्यक्ष महेश भण्डारी र एभिन्यूज टेलिभिजनका कर्पोरेट निर्देशक संजीव प्याकुरेलले ईभेन्टमा ‘टेलिभिजन पार्टनरको रुपमा आबद्ध भएको’ सहमतीपत्रमा हस्ताक्षर गरे । एभिन्यूज टेलिभिजन यो भन्दा अगाडिका दुई वटा सँस्करणका विग आईकनमा पनि टेलिभिजन पार्टनरको रुपमा आबद्ध भएर काम गरिसकेको छ ।
टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज टेलिभिजनलाई आबद्ध गराएसँगै विग एफएमका अध्यक्ष महेश भण्डारीले देशकै सर्वश्रेष्ठ न्यूज च्यानललाई ईभेन्टसँग जोड्न पाउँदा खुशि लागेको बताए । ‘विग आईकनको प्रभावकारिता देखेर एभिन्यूज टेलिभिजन सँधै हामीसँग सहकार्य गर्न तत्पर भएको हो ।’ उनले भने–‘टेलिभिजनले देखाएको यो खालको चासोले हामीलाई हौसाएको छ ।’
एभिन्यूज टेलिभिजनका कर्पोरेट निर्देशक संजीव प्याकुरेलले गायन रियालिटि शो विग आईकनमा टेलिभिजन पार्टनर भएर आवश्यक सहयोग गर्न एभिन्यूज टेलिभिजन सँधै तयार रहेको बताए । उनले गायन प्रतिभाहरुको उत्कृष्ट मञ्च बनिसकेको विग आईकनलाई प्रचारप्रसारमा सहयोग गर्दा आफुहरु पनि उत्तरदायी भएको महशुस गर्ने बताए ।
मंसिरको पहिलो सातदेखि शुरु हुने विग आईकनको छैठौँ सिजनको बारेमा एभिन्यूज टेलिभिजनले निरन्तर समाचार सम्प्रेषण गर्नेछ । र, उसले विभिन्न खालको कार्यक्रमको प्याकेज समेत बनाउनेछ । त्यस्तै टेलिभिजनले माघको पहिलो साता हुने विग आईकनको ग्राण्ड फिनालेलाई प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।
